सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तिनकुने क्षेत्रमा प्रहरीले १२० किलो लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।
हिजो (शनिबार) साँझ ७ः३० बजे जिल्ला प्रहरी कार्यालय सुनसरी अन्तर्गतको प्रहरी चौकी भरौलाबाट खटिएको टोलीले धरानबाट कालाबन्जार तर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको टाटा कम्पनिको नानो कारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उक्त कारमा लुकाई राखिएको गाँजा १२० केजी फेला पारेको थियो।
पक्राउ पर्नेहरूमा मोरङ बिराटनगर महानगरपालिका–४ इक्राही बस्ने २६ वर्षीय धिरज गोसाई र मोरङ जहदा गाउँपालिका–७ का २२ वर्षीय विकास यादव रहेका छन्।
प्रहरीले उनीहरूलाई कारसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान जारी राखेको छ।
प्रतिक्रिया