प्रधानमन्त्री ओली मेड्रिडमा

आइतबार, १५ असार २०८२

 

स्पेन : संयुक्त राष्ट्रसंघद्वारा आयोजित विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी ओली मेड्रिड पुगेका हुन्। प्रधानमन्त्री केपी शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका छन्। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ सम्मेलनस्थल सेभिया पुग्ने कार्यक्रम छ । सम्मेलन स्पेनको सेभिया सहरमा आयोजना हुँदै छ । 

प्रधानमन्त्री ओलीले सुरुमा नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ स्पेनको मन्त्रिपरिषद्का अध्यक्षसहित उच्चपदस्थ व्यक्ति सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीको स्पेनका प्रधानमन्त्री (मन्त्रिपरिषद्का अध्यक्ष) पेद्रो सान्चेजसँग द्विपक्षीय वार्ता हुनेछ । आइतबार साँझ स्पेनका नरेशद्वारा कार्यक्रममा सहभागी राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको स्वागतमा आयोजना गरिने रात्रिभोजमा ओली सहभागी हुनेछन् । 

सोमबार ओली सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुनेछन् । त्यसपछि गेट्स फाउन्डेसनद्वारा आयोजना गरिने विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा ओलीले सम्बोधन गर्नेछन् ।

सोमबारै ओलीको स्टोनियाका राष्ट्रपति अलार कारिससँग द्विपक्षीय वार्ता हुनेछ । उनले सम्मेलनलाई अपराह्न अल्पविकसित राष्ट्रहरूको संगठनको अध्यक्षका हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीले इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठक गर्ने कार्यक्रम छ । त्यसपछि संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोमबार स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)द्वारा दिइने औपचारिक रात्रिभोजमा सहभागी हुनेछन् ।

ओलीले मंगलबार अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षतासहित उद्घाटन मन्तव्य दिने कार्यक्रम छ । त्यसपछि स्पेन सरकारका अध्यक्ष पेद्रो सान्चेजद्वारा आयोजना गरिने ‘वैश्विक ऐक्यबद्धतामा लगानी : विकास सहयोगको नयाँ दृष्टिकोण’ शीर्षकको उच्चस्तरीय कार्यक्रमलाई ओलीले सम्बोधन गर्नेछन् ।

ओलीले नेपाल सरकार, बंगलादेश, लाओस र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिका लागि सशक्त सहनशीलता तथा जलवायु वित्तीय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फाइनान्सिङ फर सस्टेनेबल एलडिसी ग्रा्याजुएसन) उच्चस्तरीय साइड–इभेन्टलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीले नेपाल र बुरुन्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाह शीर्षकको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवनसम्बन्धी अर्को सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार