कांग्रेस कार्यालय सानेपामा तरुण नेताले सुरु गरे आमरण अनशन

आइतबार, १५ असार २०८२

काठमाडौँ । नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दलको महाधिवेशन माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु भएको छ ।

तरुण दलका केन्द्रीय सदस्य रोजन राई र अम्बिका बाँस्कोटा आइतबारदेखि अनशनमा बसेका हुन् । उनीहरूले ६ बुँदे माग राख्दै पार्टी कार्यालयको मूल ढोकामै अनशन सुरु गरेका हुन् । 

यसअघि अध्यक्ष विद्वान गुरुङविरुद्ध मोटरसाइकल र्‍याली र पार्टी कार्यालय सानेपामा नाराबाजी समेत गरेका थिए । 

अनशनकारीहरूले विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भङ्ग गर्नुपर्ने मुख्य माघ राखेका छन् । २०७३ सालमा पोखरामा तरुण दलको महाधिवेशन भएपछि अर्को महाधिवेशन हुन सकेको छैन । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार