मधेस सरकारले मलखाद समयमै उपलब्ध गराउनुपर्छ: कांग्रेस सभापति यादव

आइतबार, १५ असार २०८२

रौतहट । नेपाल किसान महासङ्घ रौतहट जिल्ला कार्य समितिले धान रोपाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यमा धान रोपाई कार्यक्रम सुरुवात भएको थियो । कार्यक्रम 'आफ्नो देशको उत्पादन हाम्रो शान:  कृषिमा उन्नति हाम्रो अभियान' भन्ने नाराका साथ नेपाली कांग्रेस समिति गौरको समन्वयमा गौर-४ सोबर्नामाईको प्राङ्गणमा आइतबार बिहान यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कृष्ण प्रसाद यादवले नेपाली कांग्रेस पार्टी किसानको हक अधिकारका लागि सधैँ आवाज उठाउँदै आएको र किसानका दुःख पीडा समाप्त गर्न दीर्घकालीन सोचका साथ अगाडि बढिरहेको बताए। किसानहरूलाई मलखाद समय उपलब्ध गराउनुपर्ने उनेका माग रहेकाे छ ।  

सभापति समेत रहेका यादवले जलवायुमैत्री प्रविधि, आधुनिक कृषि खेतीको अनुसन्धान, विकास र प्रवर्द्धनमार्फत धान, मकै लगायतका बालीको उत्पादन बढाउन मधेस सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए। उनले यसका लागि आफूहरू साथ दिन तयार रहेको पनि स्पष्ट पारेका छन् । यादवले प्रदेशमा आफ्नै पार्टीको कृषि मन्त्री भएको र आधुनिक खेती प्रणालीको विस्तार, उन्नत बीउ, मल र सिँचाइ सुविधाको सहज पहुँचमार्फत कृषकको जीवनस्तर उकास्ने लक्ष्यअनुरूप आवश्यक नीति तथा कार्यक्रमहरू समावेश गरिएको बताए।

मधेस प्रदेश सरकारलाई शतप्रतिशत बजेट विनियोजन गर्न आवश्यक पहल गर्न बताउँदै थप जोड दिने प्रतिबद्धता व्यक्त गरे। उनले आफू किसानको समस्यासँग परिचित रहेको र त्यसलाई समाधान गर्न गम्भीर रहेको बताए ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार