काठमाण्डाै : हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ५३ अङ्कले बढेर २ हजार ६ सय २२ दशमलव २८ विन्दुमा पुगेको छ ।
आज उत्पादनबाहेक सबै समूहको शेयर बढेकोमा बैंक समूहको शेयर २ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक र लघुवित्त समूहको शेयर डेढ प्रतिशतले उकालो लागेको छ ।
आज सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । बजार दोहोरो अङ्कले बढेको दिन जोशी हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे ५ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गएको बिहीवार ७ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका १ करोड ६६ लाख कित्ता शेयर ७ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया