बर्खामा बीपी राजमार्ग अवरोध हुन नदिन अस्थायी संरचनाको भर

आइतबार, १५ असार २०८२
FilePhoto

काभ्रे : अघिल्लो वर्ष असोजमा रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गमा अवरोध हुन नदिन अस्थायी संरचनामार्फत प्रयास गरिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले यसपालि बर्खामा आवश्यक सतर्कता अपनाउँदै अस्थायी संरचना निर्माण गरेको जनाएको छ ।

काभ्रेको चौकीडाँडा, मङ्गलटार, माम्तीलगायतका क्षेत्रमा ग्याबिन जालीको पर्खाल लगाइएको छ । बाढी पहिरोका कारण हुनसक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउन सडक पुनर्निर्माणका लागि ठेक्का लागेको सडक खण्डमा निर्माण व्यवसायीको १५/१५ वटा उपकरणका साथै डोजर, टिपर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राखेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो ।

सरकारले पोहोरको बाढीका कारण क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गत २९ किलोमिटर सडक खण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी प्रक्रिया अघि बढाएको छ । काभ्रे क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित पुनर्निर्माणको प्रक्रिया अगाडि बढेको सिनियर डिभिजनल इन्जिनियर योगेशले बताउनुभयो । तर यो बर्खामा पुनर्निर्माणको काम शुरू हुने छैन ।

बीपी राजमार्ग काठमाण्डौलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार