काठमाडौँ : सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादमा वित्तीय सहयोग निवारण (एएमएल/सीएफटी) सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल,वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल,प्रमुखबजार अधिकृत गणेश चौलागाईसहित विभिन्न विभागीय प्रमुख,प्रदेश प्रमुख तथा वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।
कानुनी विभाग प्रमुख सुवास भण्डारीले प्रशिक्षण प्रदान गरेका थिए। कार्यक्रममा एएमएल/सीएफटी ऐनका प्रमुख प्रावधान, रिपोर्टिङ दायित्व, वित्तीय सूचना इकाई (FIU) को भूमिका तथा बीमा कम्पनीमा लागु हुने नीतिगत तथा व्यवहारिक पक्षहरूबारे विस्तृत छलफल गरिएको थियो।
कम्पनीले यस्तो तालिममार्फत पारदर्शिता, उत्तरदायित्व र कानुनी अनुपालनमा आफ्नो प्रतिबद्धता जनाउँदै आएको जनाएको छ। तालिमले ब्रान्ड विभागसहित सबै विभागलाई नियमनकारी निकायको मापदण्डअनुसार कार्य गर्न स्पष्ट दिशा दिएको कम्पनीको भनाइ छ।
प्रतिक्रिया