युएईको अग्रणी वित्तीय सेवा प्रदायक संस्था लुलु एक्सचेन्ज ले आफ्ना ग्राहकहरूका लागि यो वर्षको पर्व लक्षित बम्पर अफर घोषणा गरेको छ।
यस अफरअन्तर्गत, लुलु एक्सचेन्जमार्फत नेपालमा पैसा पठाउने ग्राहकहरूले १ किलो सुन, दुई वटा नयाँ कार र लियोनेल मेस्सीद्वारा हस्ताक्षर गरिएको अर्जेन्टिनाको जर्सी जित्ने अवसर पाउनेछन्।
संस्थाका अनुसार, अफर अवधिभित्र पठाइएका हरेक रेमिट्यान्स ट्रान्जेक्सन स्वतः लकिड्रामा सहभागी हुनेछन्। यो अफर २०२५ नोभेम्बर २२ सम्म मान्य रहनेछ।
लुलु एक्सचेन्जले युएईमा बसोबास गर्ने नेपालीहरूबीच छिटो, सुरक्षित र पारदर्शी रेमिट्यान्स सेवाका कारण विशेष विश्वास जितेको छ। अब त्यही सेवामार्फत पैसा पठाउँदा आकर्षक पुरस्कार जित्ने अवसर पनि थपिएको छ।
संस्थाले ग्राहकहरूलाई यो सुनौलो मौका नछुटाउन आग्रह गर्दै नजिकको लुलु एक्सचेन्ज शाखा वा डिजिटल प्लेटफर्म प्रयोग गर्न सुझाव दिएको छ।
प्रतिक्रिया