अत्यधिक अपेक्षा सहित सुपरस्टारको नयाँ अवतार ‘टेक्नो स्पार्क गो २’ नेपालमा

शुक्रबार, ३१ असोज २०८२

काठमाडौं  । चमक, ग्ल्यामर र स्टाइलको संसारमा, लाखौंको सपना बुझ्ने एक नायकको आगमन भएको छ। Tecno ले लाखौं प्रयोगकर्ताहरूको सपना पूरा गर्ने उद्देश्यसहित Tecno Spark Go 2 एक बिल्कुलै नयाँ अवतार- सुपरस्टारको नयाँ अवतार - नेपाली बजारमा प्रस्तुत गरेको छ।

लन्चमा टेक्नो मोबाइलका सीईओ, अरिजित तलापात्राले भने:
"टेक्नोको मान्यता छ कि राम्रो प्रविधि सबैको पहुँचमा हुनुपर्छ। हामीले Spark Go 2 मार्फत धेरै उच्च स्तरिय फोनका जस्ता सुविधाहरू—जस्तै AI, अल्ट्रा स्मुथ १२० हर्जको स्क्रिन, र नेटवर्क नभए पनि फोन गर्न मिल्ने सुविधा—नेपालमा मात्र रु ११,४९९ को अद्भुत मूल्यमा ल्याएका छौँ। नेपालभरका हाम्रा ग्राहकहरूका लागि उपलब्ध यो फोन बलियो, स्मार्ट र सबैका लागि उपयोगी छ।

गुणस्तरसँग कुनै सम्झौता नगरी डिजाइन गरिएको, यसको सुसज्जित डिजाइन र उत्कृष्ट बनावटले आत्मविश्वास र प्रिमियमनेसको अनुभव प्रदान गर्दछ। Spark Go 2 सम्पूर्ण उपभोक्ता वर्गको आवश्यकतालाई मध्यनजर गरी बजारमा ल्याइएको हो।

सुपरस्टारको नयाँ अवतारका मुख्य विशेषताहरू:
उत्कृष्ट डिजाइन: उच्च श्रेणीका फोनहरूबाट प्रेरित ट्रेन्डी र आइकनिक डिजाइन। Ink Black, Titanium Grey, Veil White, र Turquoise Green जस्ता आकर्षक रङहरूमा उपलब्ध यो फोनले यसलाई अद्वितीय पहिचान दिएको छ।

ब्लकबस्टर डिस्प्ले : ६.६७ इन्चको ठूलो HD+ स्क्रिनमा १२०Hz रिफ्रेस रेट को स्मूथ अनुभव रहेको छ। यसमा  हरेक स्वाइपमा सिनेमा हेरेको जस्तो महसुस हुन्छ।
भरोसायोग्य अवतार : IP64 रेटिङ का कारण यो फोन धुलो र पानीको छिटाबाट सुरक्षित छ। चाहे झरी होस् या धुलो भरिएको महोत्सव, TECNO Spark Go 2 हरेक 'क्लोज-अप' का लागि तयार रहन्छ।

सुपरहिट ब्याट्री: ५०००mAh को ब्याट्री जसले दिनरात नन-स्टप पर्फर्मेन्स सुनिश्चित गर्दछ।
टुटाउन नसकिने सिग्नल: यसले उत्कृष्ट सिग्नलको छनोट गर्दछ! यसको नेटवर्क बिना सञ्चार फिचर प्रयोग गरी ४०० मिटरसम्म टाढा नेटवर्क नभएको ठाउँमा समेत कल गर्न सकिन्छ।
Ella AI (एला एआई) : जुनसुकै बेला, जुनसुकै स्थानमा शक्तिशाली बनाइराख्न यसमा Ella AI नामक सर्वव्यापी AI सहायक उपलब्ध छ!

स्टार पर्फमर: Unisoc T7250 प्रोसेसर र ४GB RAM तथा ६४GB स्टोरेज द्वारा सञ्चालित यो फोनले स्मूथ अनुभवको ग्यारेन्टी दिन्छ। साथै, ४ वर्षसम्म ल्याग-फ्रि पर्फर्मेन्स पनि!
लाइट्स, क्यामेरा, एक्सन: १३MP को रियर क्यामेराले 'स्टार पावर' कैद गर्छ! हरेक पललाई ब्लकबस्टर बनाउन तयार रहन्छ।

सुमधुर साउन्डट्र्याक: DTS अडियो ट्युनिङ सहितको स्टेरियो स्पिकर जसले 'फिल्मी' सराउंड साउन्डको अनुभव दिन्छ। स्मार्ट हिरो मुभ: साइडमा रहेको फिंगरप्रिन्ट स्क्यानर र IR ब्लास्टरले टिभी/एसी नियन्त्रण गर्न सक्छ।

ब्लकबस्टर डिजाइनदेखि पावर-प्याक्ड पर्फर्मेन्ससम्म, Spark Go 2 केवल एक फोन मात्र होइन, यो सुपरस्टारको नयाँ अवतार हो जसले तपाईको स्मार्टफोनका सपनाहरूलाई स्टाइलका साथ पूरा गर्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार