रेडमी नोट १४ सिरिजमा भारी छुट

बुधबार, २२ असोज २०८२

शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ उत्सवको अवसरमा आफ्नो लोकप्रिय ब्राण्ड रेडमी नोट १४ सिरिजको मूल्यमा भारी छुट दिएको घोषणा गरेको छ । यस कार्यले नेपालभरका ग्राहकहरूलाई आफ्नो मनपर्ने स्मार्ट फोनमा अपग्रेड गर्न थप आकर्षक अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।

रेडमी नोट १४ सिरिजको मूल्यमा भारी छुटबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘यस रेडमी नोट १४ सिरिजले सम्पूर्ण नेपाली ग्राहकहरूको मनमा सधैं विशेष स्थान बनाएको छ । यस सिरिजको मूल्यमा गरिएको यो नयाँ मूल्य हाम्रो बाचा पुनः दोहार्‍याउने प्रयास हो । साथै, यसले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउने छ । अब अझ धेरै प्रयोगकर्ताले कुनै सम्झौता नगरी रेडमी नोट १४ सिरिजको फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्नेछन् भन्ने कुरामा हामी उत्साहित छौँ । हामीले हाम्रा ग्राहकहरूका लागि रेडमी नोट १४ सिरिजलाई अझ सुलभ बनाउने लक्ष्य पनि राखेका छौँ, जसले गर्दा हाम्रा ग्राहकहरुलाई अझै सरल मूल्यमा फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको अनुभव लिन सक्षम बनाउँनेछ ।’

यस्तो छ कम्पनीका अनुसार रेडमी नोट १४ सिरिजको नयाँ मूल्यः

आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उन्नत क्यामेरा प्रणालीको संयोजनका साथ रेडमी नोट १४ सिरिजले प्रयोगकर्ताका हरेक अपेक्षा पूरा गर्दै आएको कम्पनीको भनाइ छ ।

संशोधित मूल्यहरू असोज ७ गतेदेखि लागू भएको र नेपालभरका सबै शाओमीका अधिकृत बिक्रेता तथा खुद्रा बिक्रेता र प्रमुख स्मार्टफोन स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार