सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट–२०८२’ सम्पन्न

बुधबार, २६ कार्तिक २०८२

काठमाडौँ : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ‘स्टार एजेन्सी मिट–२०८२’ सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेशस्तरीय प्रोत्साहन कार्यक्रमको रूपमा सुदूरपश्चिम प्रदेश र नेपालगन्ज रिजनमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कम्पनीले सुदूरपश्चिम प्रदेश र नेपालगन्ज रिजनका अभिकर्तामध्ये बीमाशुल्क सङ्कलन, बीमालेख सङ्ख्या र टिम व्यवसाय विधामा उत्कृष्ट तीनभित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरेको थियो ।

सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, प्रमुख व्यवसाय अधिकृत गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुखसहित तीन सयभन्दा बढी सहभागीहरू उपस्थित रहेका थिए । त्यसैगरी, नेपालगन्जमा सम्पन्न कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत सन्दीप कसजु, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुखसहित दुई सयभन्दा बढी अभिकर्ता तथा कर्मचारीहरू सहभागी भएका थिए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेले गत आर्थिक वर्षमा सानिमा रिलायन्सले सात सय करोड रुपैयाँभन्दा बढीको बीमा व्यवसाय सङ्कलन गरेको जानकारी दिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार