पुम्दिकोटमा केबलकार सञ्चालन हुने

सोमबार, १६ असार २०८२

काठमाडौं- दुई व्यावसायिक घरानाले पोखराको पुम्दिकोटमा केबलकार सञ्चालनमा ल्याउने भएका छन् । चितवन कोइ ग्रुप र अग्नि ग्रुपको एक अर्ब ६० करोड ४० लाख रुपैयाँ लगानीमा पुम्दिकोट महादेव केबलकार सञ्चालन गर्न लागेको हो ।

केबलकार परियोजनाहरूमा सामान्यतया आधारभूत भौतिक पूर्वाधारहरूमा माथिल्लो र तल्लो स्टेशनसहित लगानी समावेश हुन्छ । केबलकारको लम्बाइ १.१ किलोमिटर रहेको छ । प्रतिकिलोमिटर लागत एक अर्ब ४५ करोड रुपैयाँ पर्ने देखिएको कम्पनीले जनाएको छ । विकासकर्ता कम्पनी पुम्दीकोटले आगामी वर्ष (जुलाई २०२६ को मध्य) सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

पुम्दिकोट महादेव केबलकार सन् २०२३ मा स्थापना भएको हो । केबलकार परियोजना पोखरा महानगरपालिकाको पुम्दीकोटलाई ध्यानमा राखेर विकास गरिँदैछ । पोखरा सहर र अन्नपूर्ण हिमश्रृखलाको रमणीय दृश्यसँगै पहाडको टुप्पोमा महादेवको मूर्ति स्थापना गरिएको छ । यसले तीर्थयात्रीहरू र अन्य पर्यटकहरूलाई आकर्षित गर्न मद्दत गर्न सक्छ ।

केबलकार निर्माण समूहमा चितवन कोइ ग्रुपका सञ्चालक राजेशबाबु श्रेष्ठ र अग्नि ग्रुपको तर्फबाट अर्जुनप्रसाद शर्मा रहेका छन् । चितवन कोई ग्रुपले सन् १९९८ देखि मुलुककै पहिलो मनकामना केबलकार सञ्चालन गरिरहेको छ । कम्पनीले एक अर्ब २८ करोड ४० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

पछिल्लो समय रिसोर्टसहित केबलकार परियोजना धमाधम बनिरहेका छन् । अहिलेसम्म मनकामना, चन्द्रागिरी, मौलाकाली, लुम्बिनी र कालिञ्चोकमा केबलकार सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार