तुलसीपुर । दाङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निवासी ३८ वर्षका चन्द्र मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बालिकालाई ५ सय रुपैयाँ दिएर अभियुक्तले करणी गरेको आरोप लागेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अुनसन्धान अघि बढाएको छ । घटना पश्चात पिडितले दिएको जाहेरीका आधारमा प्रहरीले शुक्रबार साँझपख चन्द्र मगरलाई पक्राउ गरेको थियो । गोपिनियतालाई ख्याल गर्दै घटना भएको स्थान र पिडितको नाम गोप्य राखिएको छ ।
प्रतिक्रिया