शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न मन्त्री पन्तको आग्रह

सोमबार, १६ असार २०८२

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न आग्रह गरेका छन् । 

सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मन्त्रीको हैसियतले सबै कुराहरु मिलाउन समय चाहिएको भन्दै बैठकलाई आज स्थगित गर्न आग्रह गरेका छन् । 

उनले भने, ‘यो बैठकलाई आज स्थगित गरौं किनभने एउटा कुरा प्रष्ट भन्न चाहान्छु संसदीय प्रणालीमा र समितिमा पनि सरकारको तर्फबाट मन्त्रीले यसलाई अहिले रोकौ भनेपछि त्यो विधेयकको रुपमा अगाडि जादैँन् । यसलाई अहिले स्वीकारको पक्षमा नजाउ, तपाईहरुसँग मेरो कुरा मिल्छ तर मन्त्रीको हैसियतले सबै कुराहरु मिलाउन मलाई समय चाहियो । यो समय जटिल छ, यो अवस्थामा सबै कुरा मिलाउन पर्छ संयोजन गरेर जानुपर्छ । त्यसकारण समय चाहियो तर सरकारले मानेन हामी पास गर्छौ भन्नु हुन्छ भने म रोक्दिन तर सरकारले अहिले नगरौं भनेको कुरा अगाडि बढेको मलाई कुरा अझसम्म भएको थाहा छैन् ।’

बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ । केही सांसदहरूले मन्त्रीले विधेयक पारित प्रक्रियामा ‘ढिलाइ गर्न खोजेको’ आरोपसमेत लगाए । तर, अन्ततः समितिका सभापति अम्मरबहादुर थापाले सबै सदस्यको प्रतिक्रिया सुनेपछि बैठक ‘पुनः आह्वान नहुन्जेलसम्म’ स्थगन भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार