नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृतक परिवारलाई बीमा रकम भुक्तानी

विहीबार, १३ कार्तिक २०८२

इटहरी । मोरङको विराटनगर–१८, रवीन्द्र साहको निधनपछि उनको परिवारलाई नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा रकम भुक्तानी गरेको छ। 

साहले कम्पनीमा सञ्जीवनी सावधिक योजना अन्तर्गत बीमा २०७९ माघ २२  गतेबाट सुरु गरेका थिए। योजना अवधि १५ वर्षे रहेको र बीमाङ्ग  ५ लाख रुपैयाँको थियो। साहले प्रिमियमको तीन किस्ता मात्र भुक्तानी गरेका थिए।

रवीन्द्र साहको २०८२ असार ३० गते हृदयघात भएर निधन भएपछि कम्पनीले उनकी पत्नी सुनिता कुमारी साहुनीलाई बीमा दाबी भुक्तानी गरेको हो।

 बीमाङ्ग रु ५ लाख र बोनस रु ७७ हजार ३३३ गरी कुल ५ लाख ७७ हजार ३३३ रुपैयाँ चेक मार्फत इटहरी कार्यालयमा प्रदेश प्रमुख नरेन्द्र राईबाट हस्तान्तरण गरिएको छ।

कम्पनीले यस भुक्तानीले मृतकको परिवारलाई तत्काल आर्थिक राहत पुर्‍याउने विश्वास व्यक्त गरेको र जीवन बीमाको महत्वलाई अझ स्पष्ट बनाउने प्रमुख नरेन्द्र राईले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार