इटहरी । सुनसरीको देवानगंज गाउँपालिकामा प्रहरीले लागू औषध गाँजासहित दुई युवालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी कप्तानगंजबाट खटिएको संयुक्त टोलीले हिजो (सोमबार) ११ः४० बजेतिर देवानगंज–३, यादव टोलस्थित राजकुमार यादवको घरमा छापा मारेको हो।
प्रहरी टोलीले यादवको घरमा मकैको खोयाको थुप्रोभित्र लुकाई राखिएको अवस्थामा लागू औषध गाँजा ६.२८ किलोग्राम (छ किलो दुई सय असी ग्राम) पदार्थ बरामद गरेको छ। घटनासँग सम्बन्धित भन्दै प्रहरीले १८ वर्षीय राजकुमार यादव र सोही स्थानका अर्का १८ वर्षीय राजु यादवलाई पनि नियन्त्रणमा लिएको छ।
बरामद गाँजासहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ र उनीहरूमाथि लागू औषधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया