ललितपुर : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको छ। बैठकले नेपाल तरुण दलको महाधिवेशन २०८२ मंसिर २६ देखि २८ गतेभित्र अनिवार्य सम्पन्न गर्ने निर्णय गरेको छ।
तरुण दलको केन्द्रीय समिति सदस्यहरूको कार्यकाल त्यसै मितिसम्मका लागि थप गर्दै, महाधिवेशन तयारी र व्यवस्थापन सहज बनाउने उद्देश्यले सानो व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि गरिएको छ। महाधिवेशन सम्पन्न गर्ने सम्पूर्ण जिम्मेवारी तरुण दलकै निर्देशन समितिलाई दिने निर्णय बैठकले गरेको हो।
आजको बैठकमा केन्द्रीय सदस्यहरू श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाँइ, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, ई. मोहन आचार्य, रंगमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सिना
र प्रदेश सभापतिहरू: उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), ईन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली), बीरबहादुर बलायर (सुदूरपश्चिम)ले आ–आफ्नो धारणा राखेका थिए।
बैठकमा विभिन्न प्रस्तावहरूमा छलफल र सुझाव राख्ने क्रम जारी रहेको कांग्रेसले जनाएको छ।
केन्द्रीय कार्यसमितिको बैठक पुनः असार १९ गते दिउँसो १२:३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी स्थगित गरिएको छ।
प्रतिक्रिया