बसको डिक्कीमा हालेर ल्याउदै गरेको ५० किलो गाँजासहित धरानबाट दुई जना पक्राउ

शुक्रबार, २० असार २०८२

धरान । सुनसरीको धरानस्थित कोशी राजमार्गमा चेकजाँच गर्ने क्रममा प्रहरीले झन्डै ५० किलो लागू औषध गाँजा बरामद गरेको छ।हिजो  (विहिबार) साँझ ५ः४५ बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्दा गाँजा फेला परेको हो।

अस्थायी प्रहरी चौकी अमर हाटबाट खटिएको टोलीले बा.प्र.०१–००६ ख ६२६८ नम्बरको बसको डिक्कीमा राखिएका दुईवटा सुटकेस चेकजाँच गर्दा लुकाएर राखिएको ४९.७२५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। 

लागू औषध बोकेको आशङ्कामा बसमा सवार यात्रुहरूलाई सोधपुछ गर्दा ती सुटकेस भोजपुर जिल्ला पौवादुम्मा गाउँपालिका–६ का ३६ वर्षीय जीवनराज राई र सोही ठाउँका ३१ वर्षीय आरएन राईको भएको खुलेको हो।

गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार