धरान। सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा खटिएको अस्थायी प्रहरी पोष्ट बरगाछीको टोलीले हिजो (बिहीबार) साँझ ५ः५५ बजे उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हाल धरान–१५ विशाल चोकमा बसोबास गर्दै आएका खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का २६ वर्षीय दिवस राई र धरान–१५ महादेव चोकका २९ वर्षीय बिसन श्रेष्ठ रहेका छन्। उनीहरूको साथबाट ४६० मिलिग्राम (चार सय साठी मिलिग्राम) लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
ब्राउन सुगरसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
प्रतिक्रिया