धरान : धरान उपमहानगरपालिका–१६ मा श्रमदान कार्यक्रमका क्रममा १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको आरोपमा ४९ वर्षीय खगेन्द्र राई पक्राउ परेका छन्।
धरान बहुभाषिक पाठशाला निर्माणका लागि भइरहेको श्रमदानमा सहभागी राईमाथि बालिकालाई फकाएर खोल्सातिर लगेर हातपात गर्ने प्रयास गरेको आरोप लागेको हो। बालिका आफ्नी आमासँगै श्रमदानमा सहभागी भएकी थिइन्।
पीडित परिवारले इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएपछि धरान–१७ पृथ्वीचोकका राईलाई प्रहरीले पक्राउ गरेको हो।
राई श्रमदानमा खटिएका स्वयंसेवकलाई खाना पकाउने जिम्मेवारीमा थिए। घटना भएका बेला मेयर हर्क साम्पाङ भने घटनास्थलमा थिएनन्।
प्रहरीका अनुसार पीडकलाई भगाउन सहयोग गरेको आरोपमा अन्य दुईजनाविरुद्ध समेत जाहेरी परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
प्रतिक्रिया