काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि परम्परागत टोल÷गुठी÷खलहरुलाई आर्थिक अनुदान सहयोग रकमको चेक हस्तान्तरण गरेको छ ।
शुक्रवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । सोही क्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरपालिकाले दिएको रकम अनुदान नभएको भन्दै यो पहिचान बचाउनको लागि निरन्तर निस्वार्थ रुपमा योगदान गर्नेहरूको लागि सम्मान भएको बताएकी छन् ।
उनले भनिन्, ‘काठमाडौँ महानगरपालिकाले दिएको रकम अनुदान स्वरूप दिन लागेको होइन, सम्मान गरेर दिन लागेको हो । अनुदान भन्ने बित्तिकै सहयोग भन्ने बुझिन्छ । तर महानगरपालिकाको पहिचान बचाउनको लागि निरन्तर निस्वार्थ रूपमा योगदान दिनु भएको छ र यो त्यसकै सम्मान हो ।’
यस्तै, उनले काठमाडौँ महानगरपालिकाभित्र रहेको हरेक समुदाय र बाजाको उत्तिकै महत्त्व रहेको भन्दै बाजागुरुलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताइन् ।
प्रतिक्रिया