मुगु : मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ६ को वडाले वडाबासीलाई जन्म, विवाह र मृत्यु दर्ता गर्दा बृक्षारोपण अनिवार्य गर्नुपर्ने प्रावधान ल्याएको छ ।
बिवाह दर्ता गर्दा अनिवार्य दुईवटा र मृत्यु दर्ता गर्दा एकवटा विरुवा रोप्नुपर्ने प्रावधान लागू गरेको हो ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण केरा नफल्ने ठाँउमा केरा फल्न थालेको, लामखुट्टे हिमालमा पनि पुग्न थालेको, खानेपानीको मूहानहरु सुक्न थालेकोलगायतका समस्याहरु देखिन थालेपछि वडा नयाँ अभियान सुरु गरेको हो ।
जन्म, विवाह र मृत्यु दर्ता गर्दा विरुवा रोप्नेहरुलाई सोही अनुसार सरकारी सेवा उपलब्ध गराइने व्यवस्था वडा सरकारको नीति सर्वदलीय र सर्वपक्षीय आम वडाबासीको सहभागितामा लागू गरिएको हो ।
जन्म, विवाह र मृत्यु दर्ता गर्ने ३५ दिनको समयभित्र आउने वडाबासीले बिरुवा रोपेको फोटो र भिडियो साथमा ल्याउनुपर्नेछ । उक्त अभियान प्रभावकारी हुँदै गएको वडा नम्बर ६ का वडा अध्यक्ष भरत बहादुर शाहीले बताए ।
प्रतिक्रिया