एनएमबि बैङ्क गोठगाउँ शाखाबाट पञ्चायत माध्यमिक विद्यालयलाई  शैक्षिक सामग्री सहयोग

शुक्रबार, २७ असार २०८२

सुनसरी : सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको एनएमबि बैङ्कले कोशी प्रदेशअन्तर्गत मोरङस्थित एक सरकारी विद्यालयलाई फर्निचर र शैक्षिक सामग्री सहयोग गरेको छ।

बैङ्कको गोठगाउँ शाखाले मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा रहेको पञ्चायत माध्यमिक विद्यालयलाई करिब १ लाख ५० हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्री हस्तान्तरण गरेको हो।

विद्यालयमा आयोजित कार्यक्रममा एनएमबि बैंकका प्रदेश प्रमुख कमल पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा प्रदेशका एरिया म्यानेजर प्रकाश घिमिरे, शाखा प्रमुख सौरभ प्रधान,बैंकका अन्य प्रतिनिधि, वडा नं.७ का वडाध्यक्ष भुवनसिंह आले मगर र समाजसेवी नागेश पोखरेलको समेत उपस्थिति थियो।

प्रमुख अतिथि पोखरेलले बैङ्कले “समाजप्रति उत्तरदायी भावनासहित शिक्षा, वातावरण र जलवायु सम्बन्धी विविध कार्यहरू गरिरहेको जानकारी दिए। समाजको आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयलाई सहयोग गर्न पाउँदा हामी हर्षित छौँ,” उनले भने।

कार्यक्रम सञ्चालन गरेका शाखा प्रमुख सौरभ प्रधानले पठन–पाठनमा सकारात्मक प्रभाव पार्ने विश्वासका साथ विद्यालयलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको बताए। “सानो सहयोगले पनि विद्यार्थीहरूको अध्ययनमा टेवा पुग्नेछ भन्ने विश्वास छ,” उनले भने। 

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोस्टकुमार श्रेष्ठले सहयोगप्रति आभार व्यक्त गर्दै भने,"बैङ्कको यस किसिमको सहयोगले विद्यालयको शैक्षिक वातावरणमा थप ऊर्जा भरिएको छ। आगामी दिनमा पनि यस्तै निरन्तर सहकार्यको अपेक्षा गरेका छौँ।"

एनएमबि बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय तह र शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिहरू निरन्तरता दिने जनाएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार