काठमाडौँ : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल हल्चोक नेपाललाई अत्यावश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सशस्त्र प्रहरीलाई सामग्री हस्तान्तरण गर्दै विपद् व्यवस्थापन र नागरिक सुरक्षामा बीमा क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका रहने बताए।
अर्यालका अनुसार बीमा व्यवसाय केवल दुर्घटनापछिको राहतमा मात्र होइन, पूर्व तयारी र जोखिम व्यवस्थापनमा समेत क्रियाशील हुन जरुरी छ। उनले आगामी दिनमा सशस्त्र प्रहरीसँग थप सहकार्यको सम्भावना पनि व्यक्त गरे।
कार्यक्रममा सशस्त्र प्रहरी बल हलचोकका वरिष्ठ प्रहरी अधिकृत, कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवी फुयाँल तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईको उपस्थिति थियो।
हाल सन नेपाल लाइफले देशभर १४२ शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गरिरहेको छ।
प्रतिक्रिया