कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक गहना : इटहरीको कोशी सेन्ट जेम्स कलेज

विहीबार, ०१ साउन २०८२

इटहरी : इटहरीको मुटुमा अवस्थित कोशी सेन्ट जेम्स कलेज पछिल्ला वर्षहरूमा कोशी प्रदेशकै शैक्षिक गहनाका रूपमा स्थापित हुँदै गएको छ ।

कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक केन्द्रको रूपमा चिनिँदै आएको कोशीले आफ्नो पठनपाठन, भौतिक पूर्बाधार र परीक्षाको नतिजामा समेत उत्कृष्टता हासिल गर्दै आएको छ ।

२०५३ सालमा युवा शिक्षकहरूको एक समुहद्वारा स्थापना गरिएको यो संस्था इटहरी सहरको बढ्दो शैक्षिक मागलाई सम्बोधन गर्ने उद्देश्यसहित सुरु गरिएको थियो ।

वि.सं.२०७६ मा कोशी प्रदेश सरकारबाट प्रदेशको उत्कृष्ट शिक्षालयको रूपमा पुरस्कृत भइसकेको यस कलेजले, स्नातक तहमा प्रदेश स्तरमा मात्र नभई राष्ट्रिय तहमा पनि प्रथम स्थान हासिल गर्दै आफ्नो स्तर प्रमाणित गरिसकेको छ ।

२०८१ सालमा बन्दना दाहालले विसिए सातौँ सेमेस्टरमा नेपाल प्रथम भई कोशी कलेजको नामलाई समेत उचाईमा पुर्‍याएकी थिइन् । यसै गरी २०८० सालमा स्वस्तिका ढकाल विसिएमै कोशी प्रदेश प्रथम भइन् । 

स्वीकृति कट्टेल, राजीव खड्का साथै रोजिना श्रेष्ठले समेत बिसिएमा नेपाल तृतीय भएर आफ्नो कलेजलाई स्थापित गराइसकेका छन् ।

क्यापसका प्रधानाध्यापक अनन्त कुमार सुवेदीका अनुसार कलेजका हजारौँ पूर्व विधार्थीहरु विभिन्न क्षेत्रमा स्थापित भइसकेका छन् । कम्पनीका सिइओ, सरकारी अधिकारी, प्रहरी निरीक्षक, चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, डाक्टर, शिक्षक, पत्रकारदेखि लेखक र उधमीसम्मका सफल पूर्व विधार्थीहरु क्याम्पसका गहना हुन् । 

२०७८ सालमा ब्रिटिश काउन्सिलबाट अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार समेत पाएको कोशी विधालयले गुणस्तरीय शैक्षिक वातावरण, उत्कृष्टलाई छात्रवृत्तिको व्यवस्थाका साथै अनुभवी शिक्षक स्टाफ र अनुसन्धानमुखी पठनपाठनलाई आफ्नो प्राथमिकता बनाएको छ । विशेषतः परीक्षा प्रणालीलाई आधुनिक, अनुशासित र विद्यार्थीमैत्री बनाउँदै आएको कलेजले इटहरी क्षेत्रमै शिक्षा क्षेत्रको नयाँ मानक स्थापित गरिरहेको प्रधानाध्यापक सुवेदीले जनाए ।

यी सम्मानहरूले कोशी सेन्ट जेम्सको अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रणाली र नेतृत्वको प्रतिबद्वतालाई थप प्रमाणित गर्दछ ।

‘कलेजको भौतिक पूर्वाधार प्रदेशकै अब्बल मध्येमा पर्दछ। । आधुनिक भवन, पुस्तकालय, ल्याब, डिजिटल कक्षा र अन्य आवश्यक सुविधाले शिक्षाको गुणस्तरमा अझ प्रभाव पारेको छ । साथै,सुनसरी र मोरङका अधिकांश क्षेत्रबाट नियमित यातायात सेवा उपलब्ध भएकाले ग्रामीण तथा पहाडी क्षेत्रका विद्यार्थीहरूका लागि पनि यो शिक्षाको सहज केन्द्र बनिरहेको छ ।’ प्रधानाध्यापक सुवेदी भन्छन् । 

हाल, यो संस्थाले व्यवस्थापन, विज्ञान र कम्प्युटर अनुप्रयोगका क्षेत्रमा अत्याधुनिक शैक्षिक सेवा दिँदै आएको छ । कक्षा ११/१२ देखि स्नातक तहसम्मका कार्यक्रमले विद्यार्थीलाई आधुनिक समयको आवश्यकतालाई सम्बोधन गर्न सक्ने आधारशिला खडा गर्दै कलेजले पढाइका अतिरिक्त व्यक्तित्व विकास, सिर्जनात्मक कार्यक्रम, नेतृत्व तालिम लगायतका गतिविधि गरि विद्यार्थीलाई सर्वाङ्गीण विकासतर्फ उन्मुख गराउने प्रयास समेत गर्दै आएको छ ।

कोशी सेन्ट जेम्स स्कुल-कलेजका अध्यक्ष रहेका ख्यातिप्राप्त साहित्यकार तथा शैक्षिक  अभियन्ता मनु मन्जिलले आफ्ना सारा विद्यार्थी तथा अभिभावकहरूप्रति आभार व्यक्त गर्दै विद्यालयको हालसम्मको प्रगति अभिभावकहरूको निरन्तर साथ र विश्वासकै परिणाम भएको बताएका छन् । उनको शन्देसअनुसार, ‘कोशी अब एक विशाल शैक्षिक संस्थाको रूपमा स्थापित भइसकेको छ । यसले आफ्नो गुणस्तर, मानक र उपलब्धिहरूका आधारमा कोशी प्रदेशमा अबबल पहिचान बनाइसकेको छ ।’

पछिल्ला दशकहरूमा आफुहरूले कठोर परिश्रमसाथ गुणस्तरीय सिकाइ वातावरण बनाउनमा कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै मनु मन्जिलले थप स्पष्ट पारेका छन्,‘हामीसँग अहिले तीक्ष्ण, प्रतिभाशाली र समर्पित शिक्षक टिम, जिज्ञासु र मेधावी विद्यार्थीहरू, अत्याधुनिक प्राविधिक उपकरण, निगरानी संयन्त्र र विद्यार्थी सहायता प्रणालीहरू छन् — जसले हाम्रो शैक्षिक मिसनलाई साकार बनाएका छन् ।’

मनु मन्जिलले कोशी कलेजको निरन्तर प्रगति र लोकप्रियताको श्रेय विद्यार्थीहरूको मेहनतसँगै अभिभावकहरूको सकारात्मक प्रतिक्रिया, सुझाव र सहयोगलाई दिएका छन् । 

यसै शैक्षिक संस्थामा अध्ययन गरेर हाल विश्वबैंकको लण्डनस्थित कार्यालयमा अधिकृत रहेकी अनुजा पौडेलले आफ्नो शैक्षिक यात्राबारे अनुभव बाँड्दै कलेजप्रति गहिरो आभार व्यक्त गरिन् । अनुजा भन्छिन् - ‘म खुसी छु कि मैले मेरा दुई महत्त्वपूर्ण बर्षका शैक्षिक  यात्राका लागि कोशी कलेज छनोट गरेर सही गरें । म यहाँको असाधारण शिक्षण–सिकाइ, अतिरिक्त–पाठ्यक्रम गतिविधिहरू र ठोस आत्मविश्वास–निर्माणका उपायहरूको लागि सधैँ आभारी रहनेछु ।’

उनको अनुभवमा कोशी कलेजमा प्राप्त शिक्षा केवल शिक्षा मात्र होईन , थप व्यक्तित्व बिकासका निम्ति आवस्यक चरीत्र, सीप, र उत्कृष्ट ढंगले काम गर्ने आत्मविश्वास पनि हो । उनी थप उल्लेख गर्छिन्,‘यस महान् संस्था र यसका अद्भुत शिक्षकहरूबाट मैले धेरै कुरा सिकेको महसुस गर्छु – केवल शिक्षा मात्र होइन, थप  आवश्यक व्यक्तित्व बिकासमा सुत्रहरु र जीवन उपयोगी सीप पनि ।’

कोशीको सिकाइप्रति अभिभावक पनि उत्तिकै सन्तुष्ट रहेका देखिन्छन् । सुन्दरहरैंचा नगरपालिका वडा नं.३ का वडाध्यक्ष विदुरप्रसाद ढुङ्गानाले आफ्नी छोरीलाई समेत यहिँ पढाउने निधो गरे ।

छोरीको यस कलेजको शैक्षिक यात्रामा आएको व्यक्तित्व र आत्मविश्वासको बृद्धि र परिवर्तन सम्झदै कलेजप्रति उनले आभार व्यक्त गरे । 

‘मेरी छोरी उच्च शिक्षाका लागि कोशी गएपछी मैले उनको निरन्तर प्रगती देखेँ । यस कलेजले विद्यार्थीको व्यवहारलाई नजिकबाट निगरानी गर्दछ, जुन निकै सराहनीय पक्ष हो ।’ उनले सन्देशमा उल्लेख गरेका छन् । 

ढुङ्गानाका अनुसार, कोशी कलेज अभिभावक र शिक्षकबिचको समन्वय, समयमै विद्यार्थीको पढाईबारे जानकारी प्रवाह गर्ने तरिका र विद्यार्थीहरूको शैक्षिक, भौतिक नैतिक तथा सामाजिक विकासमा केन्द्रित दृष्टिकोणका कारण विद्यार्थीको सम्पूर्ण व्यक्तित्व निर्माणमा उदाहरणीय साबित भएको छ ।

शिक्षा क्षेत्रमा चम्किएको कोशी सेन्ट जेम्स कलेज अब इटहरीमा मात्रै होईन सम्पूर्ण पूर्वी नेपालका विद्यार्थीका लागि विश्वासिलो शैक्षिक गन्तव्य बनिरहेको छ । कलेजले कक्षा ११ मा विज्ञान सङ्कायमा एक सय ६० का साथै व्यवस्थापन सङ्कायमा दुई सय विद्यार्थीलाई वर्षेनी भर्ना गरिरहेको छ । 

क्याम्पसले सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालय अन्तरगतका बिबिएस र  बिसिएका शैक्षिक कार्यक्रम समेत विद्यार्थी आकर्षणकोकेन्द्र बनिरहेका छन् । यसर्थ कोशी यस प्रदेशको एक उत्कृष्ट गन्तव्य बनिसकेको कुरामा दुई मत छैन । 
कलेजका सिइओ तथा कम्प्युटर प्रविधिका विज्ञ शशि श्रेष्ठले यस कलेजले विद्यार्थीकै सक्रियता र संलग्नतामा आधारित गुणस्तरीय शिक्षण वातावरण निर्माण गर्न लगातार प्रयासर गरिरहेको बताए ।

उनका अनुसार कलेजले विद्यार्थीका लागि मूल्यवान मानिएको अनुसन्धान र प्रस्तुतीकरण, डिजिटल सीप, आलोचनात्मक र सिर्जनात्मक सोच, समस्या समाधान र वैश्विक नागरिक निर्माणमा केन्द्रित सिकाइ प्रणालीलाई विकास गरिरहेको छ । 

कलेजले उत्कृष्ट पठन संस्कृति, अन्तरक्रियात्मक कक्षाकोठा, परियोजनामा आधारित सिकाइ विधि र अनुसन्धानका कार्यक्रमहरूको बिकास गर्दै विद्यार्थीकै सहभागिता सुनिश्चित गर्ने सकारात्मक र सुन्दर वातावरण  निर्माण गरिरहेको छ । 

(शैक्षिक संस्थाले पाएको सफलतामा केन्द्रित रहेर प्रदेश खबरका लागि खेमराज सापकोटाले तयार पारेको सामग्री)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार