काठमाडौं : सिंगापुरमा भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक साधारणसभामा नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्वकप्तान पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)बारे प्रभावशाली प्रस्तुति दिएका छन् ।
आईसीसीको साधारणसभा विश्वभरका १०८ सदस्य राष्ट्रको सहभागिताको सभामा पारसले झण्डै १० मिनेटको प्रेजेन्टेसनमार्फत नेपाली क्रिकेटको व्यावसायिक लिग एनपीएलको हालसम्मको यात्रा, उपलब्धि र सम्भावनाबारे जानकारी गराएका थिए ।
उनको प्रस्तुतिलाई सभामा सहभागी विभिन्न देशका प्रतिनिधिले सराहना गरेका छन् । यसले नेपाली क्रिकेटको सम्भावना र व्यावसायिकताप्रति विश्व क्रिकेट निकायको चासो र समर्थन रहेको संकेत दिएको छ ।
उनले आईसीसी बैठकमा चाँडै टेस्ट राष्ट्र बन्ने परिकल्पना र योजना रहेको सुनाएका छन् ।
प्रतिक्रिया