जेनजी प्रदर्शनकारीद्वारा प्रचण्डको चितवनस्थित घरमा आगजनी

मंगलबार, २४ भदौ २०८२

चितवन : जेनजी आन्दोलन उग्र बन्दै गएपछि प्रदर्शनकारीहरूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चितवनस्थित घरमा आगजनी गरेका छन्।

आन्दोलनकारीहरूले मंगलबार दिउँसो चितवनमा रहेको प्रचण्डको निजी आवासमा प्रवेश गरी आगजनी गरेका हुन्। आगलागीपछि घरमा ठूलो क्षति भएको बताइएको छ।

यसअघि पनि जेनजी प्रदर्शनकारीहरूले देशभर सरकारी निकाय, नेताहरूका घर र पार्टी कार्यालयहरूमा आक्रमण र आगजनी गर्दै आएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार