इटहरी : इटहरीका मोटरसाइकल ग्राहकबिच हाल 'टिभिएस एक्सचेन्ज म्यानिया' अभियानले ठुलो चर्चा बटुलिरहेको छ।
टिभिएस बाइकका लागि पूर्वी नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सले सञ्चालनमा ल्याएको यो एक्सचेन्ज अफरले सुरुआतका दुई दिनमा ८० वटा बाइक बिक्री गरेको छ। तीमध्ये ५० भन्दा बढी बाइक ग्राहकले पुराना साटेर नयाँ किनेका हुन्।
श्रावण ४ देखि ९ गतेसम्म इटहरीको राजस्व ढाटमा चलिरहेको यो अभियानमा जुनसुकै कम्पनीको पुरानो बाइकमा रु ३०,००० सम्म मूल्याङ्कन गरिनेछ। साथै, नयाँ बाइकमा रु ८,००० छुट, ०५ प्रतिशत ब्याजमा किस्ताबन्दी, इन्जिनमा लाइफटाइम वारेन्टी र आकर्षक गिफ्ट प्याकेज पनि उपलब्ध गराइएको छ।
पुराना बाइकको मूल्य पारदर्शी रूपमा निर्धारण गर्न आयोजकले १० जना भ्यालुएटर परिचालन गरेको छ। मूल्याङ्कनलाई पूर्वमै उच्चतम बनाइने दाबी गर्दै आयोजकले ग्राहकलाई सहज र लाभदायक सेवा दिने प्रतिबद्धता जनाएको छ।
हाल टिभिएसका २३ मोडेल बिक्रीमा छन्। स्कुटरदेखि स्पोर्ट्स बाइकसम्मका विविध मोडेलले पूर्वी नेपालका ग्राहकलाई आकर्षित गरिरहेको छ। आयोजकका अनुसार पहिलो दुई दिनमा देखिएको उत्साहलाई मध्यनजर गर्दै बाँकी दिनमा बिक्री सङ्ख्या झन् बढ्ने अपेक्षा गरिएको छ।
पुरानो बाइक छ र नयाँमा साट्ने सोच बनाइरहनुभएको छ भने, यो अफरले तपाईँका लागि अवसरको ढोका खोलेको छ। एक्सचेन्ज म्यानिया अन्तर्गत सीमित समयसम्म उपलब्ध यो अफर ग्राहकको सुविधालाई केन्द्रमा राखेर ल्याइएको जनाएको छ ।
प्रतिक्रिया