इटहरी : एनएमबी बैङ्क लिमिटेड कोशी प्रदेशले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत मोरङको सुन्दरहरैंचा–८ स्थित पाथिभारा मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाइ सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
बुधवार सम्पन्न उक्त कार्यक्रमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले गरेका थिए।
कार्यक्रममा मन्दिर परिसरमा विभिन्न जातका रुख रोप्नुका साथै सरसफाइका सामग्री र पूजा प्रयोजनका लागि घण्टी पनि मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बैंकका प्रदेश प्रमुख कमल पोखरेल, डिसिओ सुदेश उपाध्याय, कार्यक्रम संयोजक सौरभ प्रधानलगायत स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
श्रावण महिनाको सुरुवातसँगै हरियाली संरक्षण तथा धार्मिक स्थलको व्यवस्थापनमा सहयोग पुर्याउन पाएकोमा मन्दिर व्यवस्थापन समितिले बैङ्कप्रति आभार प्रकट गरेको छ।
समितिका अनुसार यस किसिमका कार्यहरूले धार्मिक पर्यटन प्रवर्द्धनसँगै पर्यावरणीय सन्तुलनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
प्रतिक्रिया