इटहरी : स्वदेशी उत्पादनमा आत्मनिर्भरता कायम गर्दै गाउँघरमै रोजगारी, स्वास्थ्य र आयआर्जनको नयाँ मोडल प्रस्तुत गर्ने उद्देश्यसहित युटर्न ईन्टरनेशनल प्रालिले कोशी प्रदेशका कर्मचारी तथा लिडरहरूका लागि एक दिवसीय व्यवसाय प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष बलराम सुबेदीले प्रत्यक्ष व्यापार (डाइरेक्ट सेलिङ) मार्फत स्वदेशी उत्पादनको उपयोग र प्रवर्द्धनबाट नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउने दृष्टिकोण प्रस्तुत गरे।
उनले कार्यक्रममा उपस्थित लिडरहरूलाई व्यवसाय विस्तार र प्रभावकारी सेवा प्रवाहका विषयमा प्रशिक्षणसमेत दिए।
अध्यक्ष सुबेदीका अनुसार युटर्न ईन्टरनेशनलले नेपाली जडीबुटी र मौरीजन्य वस्तुहरूको उपयोगद्वारा उत्पादन गरिएका खाद्य तथा कस्मेटिक सामग्रीको माध्यमबाट ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना र आम्दानीको नयाँ ढोका खोल्दै छ।
“कम्पनीले हालसम्म ६० वटा उत्पादन बजारमा ल्याइसकेको छ भने थप १५ उत्पादन परीक्षण प्रक्रियामा छन्,” सुबेदीले भने, “हामी नेपालभरका किसानहरूसँग साझेदारी गरेर प्राकृतिक कच्चा पदार्थ सङ्कलन गरी उच्च गुणस्तरीय वस्तु उत्पादन गर्दैछौं।”
स्थानीय उत्पादनलाई विश्व बजारसम्म पुर्याउने लक्ष्यका साथ अघि बढिरहेको युर्टनले उपभोक्तामा विश्वास सिर्जना गर्न ‘आफैँ प्रयोग गरौँ, अनि अरूलाई सिफारिस गरौँ’ भन्ने शैलीलाई व्यापारिक संस्कारकै रूपमा स्थापित गर्दै आएको छ।
सुबेदीका अनुसार, युटर्नको व्यवसाय मोडेल उपभोक्ता केन्द्रित छ। सन्तुष्ट उपभोक्ताले आफूले अनुभव गरेको प्रभाव अरूलाई सिफारिस गर्ने रणनीति अपनाएको कम्पनीले प्रचारप्रसारमा खर्च घटाएर उत्पादनको मूल्य उपभोक्तामैत्री बनाएको छ।
कार्यक्रमको समापनमा अध्यक्ष सुबेदीले राज्य र नागरिक दुवैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भने, “स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनमार्फत देशको अर्थतन्त्र मजबुत बनाउने, रोजगारी सिर्जना गर्ने र स्वास्थ्यसम्बन्धी आत्मनिर्भरता हासिल गर्ने युटर्नको उद्देश्यमा सबैको साथ अपरिहार्य छ।”
‘आफैँले प्रयोग गरिसकेको वस्तु राम्रो लाग्यो भने अरूलाई पनि प्रयोग गर्न सिफारिस गरौँ’— यही सोचका साथ युर्टनले अपनाएको व्यापारिक मोडलले बजारमा नयाँ तरङ्ग सिर्जना गरेको छ। कम्पनीका बजार प्रमुख अर्जुन गिरीका अनुसार युर्टनले व्यापारलाई मात्र होइन, सामाजिक मूल्य र भरोसालाई समेत जोड्दै ‘गाउँमै उत्पादन, गाउँमै उपभोग’को अवधारणा अघि बढाएको छ।
गिरी भन्छन्, “देशका कुना–कुना तथा दुर्गम क्षेत्रसम्मका कृषकले उत्पादन गरेका वस्तुलाई युर्टनले बजारीकरण गर्दै अन्तर्राष्ट्रिय स्तरमै बिक्रीयोग्य बनाएको छ। अहिले त्यही उत्पादनबाट निर्मित सामग्री पुनः गाउँमै पुर्याएर ग्रामीण उपभोक्तासँग जोड्ने काम भइरहेको छ।”
हाल युर्टनले देशभर २ सयभन्दा बढी बिक्री केन्द्र स्थापना गरिसकेको छ। ती केन्द्रमार्फत २ लाखभन्दा बढी सर्वसाधारण उपभोक्ता कम्पनीसँग प्रत्यक्ष जोडिएको गिरीको दाबी छ। “हामीले ५६ जिल्लामा शाखा विस्तार गरिसकेका छौँ, बाँकी जिल्लामा पनि शाखा खोल्ने प्रक्रिया अघि बढिसकेको छ,” उनले भने।
गिरीका अनुसार युर्टनले आफ्ना उत्पादन तथा सेवा विस्तारमार्फत ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य लिएको छ। कम्पनीले कृषक र उपभोक्ताबिचको दूरी घटाउँदै स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गर्ने रणनीति अपनाएको छ।
कार्यक्रममा घरेलु तथा साना उद्योग महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्रकेशरी घिमिरे, युवा व्यवसायी टङ्क फुयाँल, विज्ञापन बोर्डका सदस्य पवन अधिकारीसहित युर्टनसँग आबद्ध विभिन्न व्यक्तिहरूले सम्बोधन गरेका थिए।
सो अवसरमा कम्पनीको ‘रोयल्टी लेभल ३ स्टार पेन्सन लेभल’ हासिल गर्न सफल कोशी प्रदेश प्रमुख मोहनप्रसाद अधिकारी, ‘५ स्टार डबल रोयल्टी’सम्म पुग्न सफल गोपाल खवास तथा ‘स्टार लेभल’, ‘प्री-स्टार लेभल’, ‘म्यानेजर’ र ‘अफिसर’ ‘अफिसर’ एक्जुकेटिभ लेभलसम्म पुग्न सफल तथा असार महिनामा अब्बल व्यवसाय गरी कम्पनीले घोषणा गरेका विभिन्न उपहारहरू जित्न सफल ५ दर्जनभन्दा बढी व्यक्तिहरूलाई सम्मानित गरिएको थियो।
कम्पनीले मौरीको प्रोपोलिस, रोयल जेली, त्रिफला रस, याकुनजस्ता स्वास्थ्य लाभदायी उत्पादन बजारमा ल्याएको छ। यी वस्तुले रोग प्रतिरोधात्मक क्षमता बढाउने, उपचार खर्च घटाउने र निरोगी जीवनशैलीमा टेवा पुर्याउने कम्पनीको विश्वास छ। साथै युटर्नले दैनिक उपभोग्य वस्तुमा आयात प्रतिस्थापन गर्दै निर्यात लक्ष्यसहित बिभिन्न देशमा शाखा विस्तार सँगै आफ्ना उत्पादनहरूलाई पुरयाउन लागेको जनाएको छ ।
प्रतिक्रिया