सन नेपाल लाइफको ‘सन एचिभर्स नाइट २०८२’ सम्पन्न : उत्कृष्ट अभिकर्ता सम्मानित

मंगलबार, १३ साउन २०८२

चितवन : जीवन बिमाका क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने अभिकर्ताहरूलाई सम्मान गर्न सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भव्य कार्यक्रम सम्पन्न गरेको छ ।

‘सन एचिभर्स नाइट २०८२’ शीर्षकमा सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा आयोजित उक्त कार्यक्रममा कम्पनीले देशभरबाट चयन गरिएका उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेको हो।

कार्यक्रममा MDRT २०२५ मा चयन, सर्वाधिक बीमालेख बिक्री, व्यक्तिगत तथा समूहगत बीमाशुल्क सङ्कलन, सर्वाधिक सक्रियता देखाउने लगायत विभिन्न विधामा उत्कृष्ट ठहरिएका अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ ।

अभिकर्ताको व्यावसायिक क्षमताका आधारमा कम्पनीले ‘शुक्र’, ‘चन्द्र’, ‘मङ्गल’ र ‘दी सन क्लब’ मा वर्गीकरण गर्दै विशिष्ट सम्मान प्रदान गरेको हो।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं लगायत वरिष्ठ पदाधिकारीको उपस्थिति थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अर्यालले बीमा अभिकर्ता कम्पनीको मेरुदण्ड भएको उल्लेख गर्दै यस्तो सम्मानले अभिकर्ताको व्यक्तित्व विकासमा टेवा पुर्‍याउने तथा ग्राहक सेवामा दक्षता अभिवृद्धि हुने विश्वास व्यक्त गरे।

हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभर १४३ शाखा मार्फत जीवन बीमा सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार