नाउपाको अध्यक्षमा रेशम चौधरीका बुबा लालवीर चयन

विहीबार, १५ साउन २०८२

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संरक्षक रेशम लाल चौधरीका बुबा लालवीरलाई अध्यक्ष चयन गरेको छ । 

बिहीबार रञ्जिता श्रेष्ठ विरोधी पक्षको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष बनाएको हो । हिजो बुधबार पार्टीले रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाएको थियो । 

अध्यक्ष चयनपछि रेशम लाल चौधरीले पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गरेको बताए । 

उनले भने, ‘विधिसंवद रुपमा नयाँ नेतृत्व चयन गर्नुपर्छ । केन्द्रीय सदस्यहरुले भनेपछि हामीले पत्रचार गरेका थियौ । २४ घण्टाको समय दिएका थियौं । उहाँले हामीलाई कुनै पनि जानकारी नगराईकन समय कटाउनु भयो, बहुमतले पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गर्यौं ।’ 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार