प्याराडाइज, प्रभात, लिटल फ्लावर, पुर्वाञ्चल, सुनखरी र कार्मेल क्वाटरफाइनल प्रवेश

शुक्रबार, १६ साउन २०८२

धरान : विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा प्याराडाइज स्कुल तरहरा, प्रभात स्कुल, लिटल फ्लावर झापा, पुर्वाञ्चल स्कुल तरहरा, सुनखरी स्कुल र कार्मेल हाइ स्कुल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

डिपो स्कुलको बास्केटवल कोर्टमा आज शुक्रबार भएको खेलमा प्याराडाइज स्कुल तरहराले डिपो स्कुल धरानलाई ३२–२० स्कोरले पराजित गर्यो । यस्तै, साविक विजेता प्रभात स्कुलले धरान मेघा स्कुललाई ५४–३६ स्कोरले पराजित गर्दा लिटल फ्लावर झापाले युनाइटेड स्कुललाई ४९–४ स्कोरले हरायो । यसैगरि, पुर्वाञ्चल स्कुल तरहराले इस्ट होराइजनलाई ३३–२७ स्कोले हरायो भने सुनाखरी स्कुलले ग्रीनफिल्ड झापालाई २८–२४ र कार्मेल स्कुलले समिट स्कुललाई ५६–४३ स्कोरले पारजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । 

 आज भएको खेलमा प्याराडाइजका प्रिन्स खत्री, प्रभात स्कुलका सान्केन राई, लिटल फ्लावरका कुवुङ केरुङ, पुर्वञ्चलका कुशल कार्की, सुनाखरीका विक्रम श्रेष्ठ र कार्मेलका रियान्स खजुरिया म्यान अफ द म्याच घोषित भए । उनीहरुलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यावस्थापन समिति सदस्य खड्कशम्सेर लिम्बू, बास्केटवल राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई, राष्ट्रिय महिला बास्केटवल खेलाडी डा.आशा राईले ट्रफि प्रदान गरेका थिए ।

 कक्षा १० सम्मका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा १८ टिमले सहभागिता जनाएको छ । विजेता टिमले नगद २० हजार रुपैया, उपविजेताले नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । डिपो स्कुलले आयोजना गरेको प्रतियोगितालाई सुनसरी बास्केटवल संघ र धरान वास्केटवल संघको व्यवस्थापन गरेको छ ।

 भोली शनिबारको क्वाटर फाइनल खेलहरु आइडल स्कुल र प्रभात स्कुल, प्याराडाइज स्कुल तरहरा र पुर्वाञ्चल स्कुल तरहरा, सुनाखरी स्कुल र लिटल फ्लावर स्कुल झापा,हिमशिखर स्कुल तरहरा र कार्मेल हाइ स्कुल धरानबीच हुने पनि आयोजकले जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार