मोरङको केराबारीका लिम्बू हराएको एक सातापछि शव खोलामा फेला

विहीबार, २२ साउन २०८२

विराटनगर । मोरङको केराबारी गाउँपालिका–२ का ३६ वर्षीय वीरबहादुर लिम्बू हराएको एक सातापछि मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय समेवा खोलामा बुधबार साँझ उनको शव भेटिएको हो । लिम्बू असार १३ गतेदेखि बेपत्ता भएका थिए । हराएको भनी परिवारले इलाका प्रहरी कार्यालय केराबारीमा निवेदनसमेत दिएको थियो । त्यसपछि खोजी प्रक्रिया अघि बढाइएको थियो ।

प्रहरीका अनुसार शव भेटिएको स्थललाई सुरक्षीत बनाएर कानुनी प्रक्रिया पूरा गरिएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

लिम्बूको मृत्युको कारण अझैसम्म खुलेको छैन । यद्यपि, घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतककाृ पृष्ठभूमि, हराएको दिनको गतिविधि, सम्भावित विवाद वा दुर्घटनाको कोणबाट समेत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार