विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की राहत सामग्री लिएर इलाम पुगेका छन्।
आज (मंगलवार) बिहान इलाम पुगेका मुख्यमन्त्री कार्कीले माङ्सेवुङ र इलाम नगरपालिकाका पीडितहरूसँग भेटघाट गर्दै सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सडक अबरुद्ध हुँदा सुरुमा हेलिकप्टरमार्फत राहत पठाइएको र सडक संजाल खुलेपछि थप सामग्री स्थलगतरूपमा पठाउने तयारी भइरहेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया