धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु एको छ । बिहीवार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच कुटाकुट भइरहेको थियो ।
कुटपिटबाट घाइते भएका एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार झडपमा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको छ ।
कुटपिट हुँदा अन्य ४६ जना घाइते भएका जनाइएको छ । झडपका क्रममा घाइते भएका ४६ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे छानविन भइरहेको छ । कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ।
प्रतिक्रिया