विद्युत उत्पादनको क्षमता अनुसार प्रसारण लाइन निर्माण गर्नुपर्छ : ऊर्जामन्त्री खड्का

मंगलबार, २७ साउन २०८२

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विद्युत उत्पादन हुने क्षमता हेरेर मात्र प्रसारण लाइन निर्माणमा लाग्नुपर्ने बताएका छन्।

मंगलबार साँझ राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १०औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खड्काले विभिन्न नदीबाट हुने विद्युत उत्पादनको क्षमता पहिल्यै एकीन गरेर प्रसारण पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। 

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहकार्य अत्यावश्यक रहेको उल्लेख गर्दै उनले यस क्षेत्रलाई मुलुकको आर्थिक मेरुदण्डका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता दोहोर्याए।

मन्त्री खड्काले सरकारले आगामी १० वर्षका लागि ऊर्जा विकासको खाका अघि बढाएको र यसमा ग्रीड कम्पनीको भूमिका महत्वपूर्ण रहने बताए।

“ठूलो लगानी हुने ऊर्जा क्षेत्रलाई कसरी सहजीकरण र वित्तीय व्यवस्थापन गर्न सकिन्छ भन्ने स्पष्ट योजना सरकारसँग छ,” उनले जोड दिए।

कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले प्रसारण प्रणालीमा खुला पहुँच सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरे।

उर्जा सचिव तथा ग्रीड कम्पनीका अध्यक्ष सुरेश आचार्यले कम्पनीलाई देशको समग्र प्रसारण प्रणालीको नेतृत्वदायी संस्थाका रूपमा विकास गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार