सुनसरीको झुम्कामा डिजिटल पेन्ट्सको स्मार्ट डिलर उद्घाटन

विहीबार, २९ साउन २०८२

सुनसरी : सुनसरीको झुम्का स्थित म्याजिक सिनेमा रहेको भवनमा डिजिटल पेन्ट्सको स्मार्ट डिलर "स्वस्तिक ट्रेड एण्ड सप्लायर्स" को औपचारिक शुभारम्भ भएको छ। बिहिवार एक विशेष कार्यक्रमको बीचमा उद्घाटन गरिएको छ ।

स्वस्तिक ट्रेड एण्ड सप्लायर्सका सञ्चालक तोरण खड्काका अनुसार यो डिलरले रामधुनी, झुम्का र आसपासका ग्रामीण क्षेत्रहरूलाई समेटेर रङ्ग सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो। करिब ३० लाख रुपैयाँको लगानीमा डिलर सञ्चालन गरिएको जनाए।

उद्घाटन कार्यक्रममा कम्पनीका अध्यक्ष कमल कार्की, प्रमुख कार्यकारी अधिकृत  देवीप्रसाद गौतम, प्रमुख सञ्चालन अधिकृत  मणिकुमार आचार्य लगायतका प्रमुख व्यक्तित्वहरूको उपस्थिति थियो।

नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त कम्पनीका उत्पादनहरू जर्मन प्रविधिमा आधारित छन्। कम्पनीले १२ वर्षको परफॉर्मेन्स वारेन्टीसहित "वॉल गार्ड रोयल एक्स्टेरियर इमल्सन", ७ वर्षको वारेन्टीसहित बाहिरी इमल्सन, भित्री र बाहिरी इमल्सनका विभिन्न रेन्जहरू, वाटरप्रूफिङ सोलुसन, इनामेल, वॉल पुट्टी लगायतका उत्पादनहरू रहेका छन् ।

पूर्वी क्षेत्रलाई रङ्गमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना भएको डिजिटल पेन्ट्सले छोटो समयमा उपभोक्ताबीच लोकप्रियता हासिल गर्न सफल भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार