काठमाडौ । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । लगातार तीन दिन दोहोरो अंकले घटेको बजारमा आज झिनो सुधार भएको हो ।
बिहीबार नेप्से २.६२ अंकले बढेर २ हजार ७८८.३६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह, फाइनान्स, हाइड्रोपावर, निर्जीवन बीमा र म्युचुअल फन्डमा गिरावट आएको छ । तर, यी बाहेकका अन्य इन्डेक्स भने बढेको छ । यसदिन कारोबारमा आएका मध्ये १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १०८ कम्पनीको भने बढेको छ ।
आज बजारसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर किनबेच भएको छ ।जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ ।
नेपाल रिइन्स्योरेन्सको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४१ करोड, वलेफी हाइड्रोको ३६ करोड, हिमालयन रिइन्स्योरेन्सको २२ करोड र साहस उर्जाको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया