भ्रष्टाचार मुद्दामा सर्लाहीका मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना

विहीबार, २९ साउन २०८२

सर्लाही : सर्लाही जिल्लाको बागमती नगरपालिका मेयर भरत कुमार थापा लाई भ्रष्टाचार मुद्दामा ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना निर्धारण भएको छ।

विशेष अदालत काठमाडौंले साउन २१ गते मेयर थापा, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र कर्मचारी सागर पौडेल तीनै जनालाई भरत ताल निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै दोषी ठहर गरेको थियो।

अदालतले जनाएको छ, उक्त ताल निर्माणको क्रममा नदीजन्य पदार्थ उत्खनन गरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको थियो।

बिहीबार अदालतले तीनै जनालाई ८ वर्ष कैद र पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ।

विशेष अदालतको फैसला पश्चात अब दोषीहरूमाथि थप कानुनी प्रक्रिया अघि बढ्नेछ।

यो निर्णयले स्थानीय प्रशासनमा पारदर्शिता र जवाफदेहिताको आवश्यकता अझ प्रस्ट पारेको विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार