डिजिटल पेन्ट्सको 'चाडबाडको हर्ष, उपहारको वर्षा' योजना सार्वजनिक, एसीदेखि बम्परमा नगद १ लाखसम्म

विहीबार, २९ साउन २०८२

इटहरी । ग्राहकहरूलाई सर्वसुलभ दरमा गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको डिजिटल पेन्टसले चाडपर्वलाई लक्षित गर्दै 'चाडबाडको हर्ष उपहारको वर्षा' योजना ल्याएको छ । 

उपहार योजना अन्तर्गत प्रथम पुरस्कार एक टनको एसी एक जनालाई, द्वितीय पुरस्कार ४० इन्चको स्मार्ट टिभी एक जनालाई, तृतीय पुरस्कारका रूपमा एक जनालाई रेफ्रिजरेटर प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै सान्त्वना पुरस्कारका रूपमा १५ जनालाई मिक्स्चर र बम्पर उपहार अन्तर्गत १ जनालाई नगद १ लाख रुपैयाँ प्रदान गरिने कम्पनीका प्रमुख परिचालन अधिकृत मणिकुमार आर्चायले बताए । 

यो योजनामा सहभागी हुन डिजिटल पेन्टसको आधिकारिक विक्रेता वा डिलरहरूबाट ५० हजार बराबरको खरिदमा १ वटा र १ लाख बराबरको खरिदमा २ वटा कुपन प्राप्त गर्न सकिने छ । 

२ वटा कुपन अन्तर्गत हात खाली नजाने योजनामा १ थान वाल क्लक प्राप्त गर्न सकिने  यो योजना २०८२  साउन २५ गते बाट सुरु भई मङ्सिर ३० गते सम्म रहने कम्पनीले बताएको छ । 

WhatsApp Image 2025-08-14 at 6.00.34 AM (1)

डिजिटल पेन्ट्सले छोटो समयमा कोशी प्रदेशका मुख्य तथा साना ठुला सहर गरी १०० भन्दा बढी आधिकारिक डिलरहरू मार्फत ग्राहकहरू लाई सुलभ मूल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथा इमलसन पेन्ट्स उत्पादन तथा विक्री वितरण गर्दे आएको छ।

स्वदेशी उत्पादन र स्वदेशी लगानीबाट नै गुणस्तरीय रङ्ग उत्पादन सम्भव छ भन्दै अघि बढेको डिजिटल पेन्टसले छोटो समयमा कोशी प्रदेशमा निकै राम्रो फड्को मारेको छ ।

 जर्मन प्रविधिबाट उत्पादन गरेको र आफै अत्याधुनिक ल्याबबाट गुणस्तरमा प्रमाणित उत्पादन मात्र बजारमा वितरण गर्दे आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवीप्रसाद गौतमले बताए । कम्पनीले गुणस्तरलाई उत्कृष्ट बनाउँदै छोटो समयमा नेपाल गुणस्तर चिन्ह समेत प्राप्त गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार