धरान : अमेरिकाको स्टेट डिपार्टमेन्टले नेपालमा मानवअधिकारको अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै धरानका मेयर हर्क साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्काएको घटना उदाहरणका रूपमा उल्लेख गरेको छ।
अनलाइनमार्फत सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालमा पत्रकारमाथि धम्की र आक्रमणका धेरै घटनामध्ये एकको रूपमा दाहालमाथि डिसेम्बर महिनामा भएको घटना समेटिएको छ। प्रतिवेदनमा भनिएको छ, “पत्रकारितामा भ्रष्टाचारसम्बन्धी समाचार गर्ने पत्रकारमाथि धम्की र आक्रमणका धेरै घटनाहरू भए। तीमध्ये, सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिजम नेपालका गोपाल दाहाललाई धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र उनका समर्थकहरूले व्यक्तिगत र पेशागत रूपमा धम्की दिएका थिए।”
यो घटना दाहालले मेयर साम्पाङको कार्यसम्पादन र आर्थिक चलखेलबारे खोज पत्रकारिता केन्द्रका लागि तयार गरेको अनुसन्धानात्मक समाचार प्रकाशन गरेपछि भएको हो। प्रतिवेदनले यसलाई नेपालमा पत्रकार स्वतन्त्रता र सुरक्षासम्बन्धी चुनौतीको उदाहरणका रूपमा प्रस्तुत गरेको छ।
प्रतिक्रिया