मधेश प्रदेश सरकारद्वारा गत आर्थिक वर्षमा अहिलेसम्मकै उच्च आन्तरिक राजश्व संकलन

बुधबार, २८ साउन २०८२

जनकपुर : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । यस अघिका वर्षहरुको तुलनामा यो हालसम्मकै उच्च राजश्व संकलन भएको देखिएको छ ।

विगत वर्षहरूसँग तुलना गर्दा २०८१-८२ मा संकलित रकम सात वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी भएको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । महतोका अनुसार कर प्रशासन सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि वृद्धिका कारण यो उल्लेखनीय प्रगति सम्भव भएको हो ।

प्रदेश सरकारले आव ०७५-७६ मा २ अर्व ६६ करोड १५ लाख ३६ हजार , आव ०७६-७७ मा २ अर्व ७५ करोड ७२ लाख ४१ हजार, आव ०७७-७८मा १ अर्व ९५ करोड ४८ लाख ५१ हजार आन्तरिक राजश्व संकलन गरेको छ थियो ।

यसैगरि आव ०७८-०७९ मा २ अर्व ८८ करोड ६ लाख ३२ हजार, ०७९-८० मा ३ अर्व ९० करोड २५ लाख २८ हजार र आव २०८०-८१ मा ३ अर्व ५ करोड ९२ लाख ३१ हजार राजश्व संकलन गरेको थियो ।

मधेश प्रदेश सरकारले यस आर्थिक वर्षमा पनि आन्तरिक राजश्व संकलन गर्ने दायरा बढाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार