काठमाडौं : एन आई सी एशिया बैंक र काठमाण्डु सुकेधारामा रहेको मर्क्योर होटलबीच सम्झौता भएको छ । उक्त होटलमा एन आई सी एशियाका ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको हो ।
यस समझदारीसँगै एन आई सी एशिया बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले यस होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा पाउनेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त होटलसँगको यस सहकार्यले आफ्ना ग्राहकहरुलाई छुट सुविधा उपलब्ध गराउनुको साथै डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया