उदयपुर। उदयपुरको मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका वडा नं ७ स्थित अधेरीमा गुडदा गुड्दैको अवस्थामा एक कारमा अकस्मात आगलागी भएको छ ।
सोमबार बिहान बिहान ९ः५० बजे इलामबाट काठमाण्डौतर्फ जाँदै गरेको कार उदयपुरगढी ७ अधेरीको मदन भण्डारी लोकमार्गमा गुडीरहेको अवस्थामा अकस्मात रुपले आगलागि हुँदा बा ९ च ८६६८ नं. को कार पूर्णरुपले जलेर ध्वस्त भएको छ ।
कार चालक जिल्ला इलाम चुलाचुली गा.पा. वडा नं. ५ बस्ने अ। वर्ष ४२ को प्रेम कुमार सेन्चुरी, निजको श्रीमती वर्ष २७ की अनिता सेनचुरी, निजको छोरा वर्ष १४ को आयुष सेनचुरी सकुशल रहेका छन । निजको छोरा वर्ष ७ को आरोन सेनचुरी सामान्य घाइते भइ उपचारको लागी जिल्ला अस्पताल उदयपुरमा ल्याएर उपचार भएको छ ।
उक्त स्थानमा अस्थाई प्रहरी पोष्ट सगमचोक उदयपुरबाट प्रहरी टोली खटिई गई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिक्रिया