एन्फा अध्यक्ष नेम्वाङ्गविरुद्धको अवहेलना र उत्प्रेषण मुद्दा खारेज

बुधबार, २८ साउन २०८२

सुनसरी : अखिल नेपाल फुटवल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ्गविरुद्ध दायर गरिएको अवहेलना र उत्प्रेषणको रिट उच्च अदालत पाटनले खारेज गरेको छ । 

अदालतका न्यायाधीश ऋषिराजभण्डारी र प्रकाश खरेलको बुधबारको इजलासले काठमाडौं महानगरपालिका ४ का गौरव थापाले दायर गरेको मुद्धालाई खारेजी गरेको हो । 

नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाका अध्यक्ष नेम्वाङ्गविरुद्ध थापाले गएको बैशाख २३ गते उत्प्रेषण र जेठ २ गते अवहेलनाको मुद्धा दायर गरेका थिए । थापाले दायर गरेको अवहेलना मुद्धा शुरु क्षेत्राधिकार दुनियावादी फौजदारी किसिमको रहेको थियो । त्यसैगरि, अदालतले गत असार ४ गते एन्फाका पूर्वअध्यक्ष गणेश थापाले दायर गरेको अवहेलनाको मुद्धा पनि दाबी नपुग्ने फैसला गरेको थियो । 

अध्यक्ष नेम्वाङ्गविरुद्ध पूर्वअध्यक्ष थापाले गत बैशाख १९ गते उत्प्रेषण र बैशाख ३१ गते अवहेलनाको मुद्धा दायर गरेका थिए । सो मुद्धामा न्यायाधीशद्धय मुनेन्द्रप्रसाद अवस्थी र कृष्णराज कोइरालाले दाबी नपुग्ने फैसला गरेका थिए । पूर्वअध्यक्ष थापा यसअघि १० वर्ष फिफाको कार्वाहीमा परेर केही महिनाअघि फुकुवा भएका हुन् ।

 नेपाली फुटबलमा भएको भ्रष्टाचार अभियोगमा उनीविरुद्ध करिब ४ वर्ष अनुसन्धानपछि २०७२ सालमा कार्वाही भएको थियो । फिफाको इथिक्स कमिटिले सन् २००९ र २०११ म भएको फिफा कार्यसमिति निर्वाचनमा एशियाली प्रतिनिधी चयन गर्ने क्रममा रकम लिएको आरोप रहेको थियो । 

सो क्रममा कमिटिले थापासंग १९ हजार ८ सय ५० अमेरिकी डलर जरिवानाको समेत निर्णय गरेको थियो । मुद्धा दायर गर्ने गौरव थापा पूर्व अध्यक्ष थापाका छोरा हुन् । अर्कोतर्फ, अध्यक्ष नेम्वाङ्गले सत्यको जित हुने बताएका छन् ।

फुटबलको विकासमा एन्फाको टोली खएिको बताउँदै उनले पछिल्लो समय गलत भाष्यबाट फुटबललाई कमजोर बनाउने कार्य हुदै गएको बताए । यससंगै उनले नेपाली फुटबलको विकासमा सबै एकजुट भएर सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार