सिरहामा वृद्ध हत्या आरोपमा दुई पक्राउ, सात दिनको म्याद थप

विहीबार, २९ साउन २०८२

सिरहा : सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोल बस्ने ८८ वर्षीय वृद्ध फनिलाल यादव हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल रहेका छन्। प्रहरीका अनुसार उनीहरूले चोरी गर्ने उद्देश्यले वृद्धको घरमा प्रवेश गरेका थिए। अनुसन्धानमा खुले अनुसार घरभित्र प्रवेश गर्दा फनिलालले विरोध गरेपछि उनीहरूले हत्या गरेका हुन्।

घटनास्थलमा चौधरीसँग खुकुरी प्रहार भएको थियो। प्रहरीले खुकुरी र चप्पल घटनास्थलबाट बरामद गरेको छ। फनिलाल यादवको हत्या साउन १४ गते भएको थियो।

सीसीटीभी फुटेज र घटनास्थलमा भेटिएको चप्पलको सहायताले प्रहरीले साउन २३ गते प्रशान्त मण्डल र साउन २७ गते महेश चौधरी पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी, मधेस प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान टोलीले संयुक्त रूपमा घटनाको छानबिन गरिरहेको छ। जिल्ला अदालतले कर्तव्य ज्यानको मुद्दामा सात दिनको म्याद थप गर्दै अनुसन्धान जारी राख्ने आदेश दिएको छ।

एसपी अनन्तराम शर्माले बताएअनुसार, पक्राउ परेका आरोपीसँगै घटनाका अन्य विवरणहरूको अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार