नागरिकलाई नियन्त्रण होइन, सचेत बनाउनुपर्छः गगन थापा

विहीबार, २९ साउन २०८२
Photo : RSS

पाटन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डिजिटल माध्यमको दुरुपयोग रोक्न नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउने रणनीति अपनाउनुपर्ने बताएका छन्।

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिमको समापन कार्यक्रममा बोल्दै उनले गलत र मिथ्या सूचना तथा डिजिटल मञ्चको दुरुपयोग रोक्ने सन्दर्भमा कांग्रेसले गलत राजनीतिक संस्कारलाई पराजित गर्न सुसूचित समाज निर्माणमा ध्यान दिने बताए।

“जिम्मेवार र बुझ्न सक्ने जमात तयार ग¥यौँ भने राम्रो समाज बन्छ। हामी नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्छ भन्नेमा विश्वास गर्छौँ,” थापाले भने। उनले जबसम्म नागरिकले कुन सूचना, कसले, किन दिएको हो भन्ने पहिचान गर्न सक्दैनन्, तबसम्म समस्या रहिरहने धारणा राखे।

कार्यक्रममा संविधानसभा सदस्य एवं विभागका सदस्य दीपकप्रसाद कुइँकेलले डिजिटल माध्यम मानिसको जीवन पद्धतिसँग गहिरो रूपमा जोडिएको भन्दै यसको प्रयोगमा सचेत र सजग रहनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार