पूर्वराष्ट्रपति भण्डारी एमाले मोरङ पार्टी कार्यालय पुगिन्, संस्थापन पक्ष अनुपस्थित

मंगलबार, ०३ भदौ २०८२

विराटनगर । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी मंगलबार दिउँसो मोरङको पाञ्चालीस्थित एमाले पार्टी कार्यालय पुगेकी छन् । पार्टी केन्द्रले कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको भए पनि उनले कार्यालय अवलोकन र कार्यकर्तासँग प्रत्यक्ष संवादका लागि यात्रा गरेकी हुन्।

पार्टी कार्यालय पुग्दा उनले मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको शालिकामा माल्यार्पण गरिन्। त्यस्तै, कार्यालयमा उपस्थित कार्यकर्तासँग पनि उनले सम्बोधन गरिन्।

एमालेको प्रदेश र केन्द्रीय नेतृत्वले भण्डारी समूहलाई कार्यालयमा कार्यक्रम नगर्न निर्देशन दिएका थिए। तर, पार्टी कार्यालय अवलोकनका लागि पुगेकी उनलाई जिल्ला र विराटनगर महानगर कमिटीका नेताहरुले स्वागत गरेका थिए।

भण्डारीको उपस्थितिमा, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्षका नेता कार्यकर्ताहरु भने अनुपस्थित रहे। संस्थापन पक्षले भण्डारी सहभागी कार्यक्रममा नजान निर्देशन जारी गरेको थियो। भण्डारीले कार्यकर्तालाई सम्बोधन गर्दै, भूकम्पपछि पहिलोपटक पार्टी कार्यालय आउन पाएको अनुभव साझा गरिन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार