नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना

आइतबार, १५ भदौ २०८२

काठमाडौँ । शिक्षक महासङ्घले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोक नगरमा आज धर्ना दिएका छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासङ्घले नेकपा एसको पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

आज बिहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । उनले यो प्रतिनिधिमूलक धर्ना भएको समेत बताए ।

नेपाल न्यूज बैङ्कसँग कुरा गर्दै भने, ‘अहिले पहिलो चरणको नेपाल शिक्षक महासङ्घको आन्दोलनको पहिलो कार्यक्रम अन्तरगत छौँ । भाद्र ११ गते बाट हामीले धर्नाको कार्यक्रम सुरु ग¥र्यौ । ११ गतेबाट दलको केन्द्रीय कार्यालयमा धर्ना गर्ने कार्यक्रममा छौँ । यो प्रतिनिधिमूलक धर्ना हो । शिक्षक महासङ्घले पहिले दिन नेपाली काँग्रेसको कार्यालय, नेकपा एमालेको कार्यालय, माओवादीको कार्यालयमा र आज चौथो दिन हामी नेकपा एकीकृत समाजवादीको कार्यालयमा धर्ना गर्दैछौं ।’

सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दबाब दिन भन्दै शिक्षकहरूले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार